Websoft University

गछियामा सिर्जना मोबाइल एण्ड इलेक्ट्रोनिक्स सेन्टर सञ्चालनमा !

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ स्थित गछियामा सिर्जना मोबाइल एण्ड इलेक्ट्रोनिक्स सेन्टर सञ्चालनमा आएको छ।विगत ५ बर्ष देखि सञ्चालन भइरहेको दयालक्ष्मी ज्वेलर्सको नौलो प्रस्तुतिको रूपमा सिर्जना मोबाइल एण्ड इलेक्ट्रोनिक्स सेन्टरको सोमबार उद्घाटन गरी सञ्चालन गरिएको हो। 


उक्त इलेक्ट्रोनिक सेन्टरले आफ्ना ग्राहकहरूलाई  बिभिन्न तरिकाहरू मार्फत सुविधा पुर्याउने योजना रहेको सेन्टरले बताएको छ । नयाँ सञ्चालनमा आएको पसलको बारेमा सिर्जना इलेक्ट्रोनिक्सका प्रोप्राइटर अजय बिश्वकर्माले आफ्नो नयाँ इलेक्ट्रोनिक पसल शुरु गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।


उनले सो इलेक्ट्रोनिक सेन्टरमा सबै 

इलेक्ट्रोनिक उत्पादनहरू एलइडी, टिभी, फ्रिज, वाशिङ मेशिन, घडी र मोबाइलहरु लगायत विभिन्न इलेक्ट्रोनिक आइटमहरु उपलब्ध रहेको उनको भनाइ छ। यस भन्दा अघि दया लक्ष्मी ज्वेलर्सका ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको बताउँदै यस इलेक्ट्रोनिक सेन्टरमा पनि सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्।उक्त  इलेक्ट्रोनिक्स सेन्टर उद्घाटनको अवसरमा पसलले ग्राहकहरुलाइ विशेष उद्घाटन अफरहरु दिएको बताएका छन्।

त्यस्तै कुनै पनि सामान चाहिएमा होम डेलिभरीको व्यवस्था रहेको , यदि कुनै पनि  सामान बिग्रिए ४८ घण्टा भित्र घर मै गएर बनाईदिने सेवा गर्ने योजना रहेको उनले बताए। त्यसैगरी उद्घाटनमा सहभागी ग्राहकहरुले अब इलेक्ट्रोनिक्स सामान किन्न टाढा धरान, ईटहरी , विराटनगर जानु नपर्ने र यस गछियमै संचालित इलेक्ट्रोनिक्स सेन्टरमा सुपथ मूल्यमा उपलब्ध हुने भएकाले खुशी व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.