Websoft University

बेलबारीमा कृषक पाठशाला कार्यक्रम सम्पन्न


बेलबारी मोरङ बैशाख १३ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाले कृषकहरुलाई कृषि क्षेत्रमा दक्ष बनाई व्यवशायिक बनाउन वास्तविक किसानलाई लक्षित गरि कृषक पाठशाला कार्यक्रम संचालन गरेको छ।

आइतबार एक कार्यक्रमका बीच उक्त कार्यक्रम समापन गरिएको कृषि शाखा प्रमुख विनोद दाहालले बताए।१६ हप्तासम्म संचालन भएको सो कार्यक्रम बेलबारी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको नगरपालिकाले जनाएको छ।जम्मा २६ जना कृषकहरुको सक्रिय सहभागितामा कृषक पाठशाला संचालन गरिएको हो।विशेष  गरेर अर्गानिक उत्पादनमा जोड दिन अर्गानिक मल,बीउ! किट्नाशक विशादीको सट्टा प्रयोग गरिने औसधि निर्माण र प्रयोगबारे सिकाई गरिनुका साथै छिटो प्रतिफल प्राप्त गरि कृषि उपजको उत्पादकत्वमा वृद्धि गरि कृषि क्षेत्रका माध्यमबाट किसानहरुलाई व्यवशायिक बनाउँन कृषक पाठशाला संचालन गरिएको कार्यक्रमकी प्रपुख अतिथी उपमेयर ढाका पराजुलेले बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.