Websoft University

कृषि सूचना केन्द्र स्थापना भए पछि कृषिक खुसिहुँदै,


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,धनकुटाको धनकुटा नगरपालिकाले किसानले लगाएको कृषि बालीमा आईपर्ने विभिन्न समस्या समाधान गर्ने उदेश्यका साथ टोलटोलमा कृषि सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्र सञ्चालनमा आएसगै किसानले उत्पादन गरेका कृषि उपज बिक्री गर्न तथा बिचैलियाको प्रभाव न्युनीकरण गर्न सहयोग पुगेको छ । 

धनकुटा नगरपालिका वडा नं. १ सिजाली टोलका कल्पना लिम्बु आफूले उत्पादन गरेको कृषि उपज बिक्रि गर्न बजार जानु अघि मोवाईल एप्लीकेशन मार्फत बजार भाउ बुझ्नु हुन्छ । सोहि अनुसार आफूले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रि गर्नुहुन्छ । 

सोही टोलका गोविन्द बहादुर मगर पनि आफूले उत्पादन गरेका कृषि उपज बेच्न, विउ विजन खरिद गर्न तथा कृषि बालिमा आईपर्ने समस्या समधानका लागि प्रविधिक ज्ञान लिन पनि मोबाईल एप्लीकेशनकै प्रयोग गर्दै आउनु भएको छ । यो प्रविधिले गर्दा आफूले उत्पादन गरेको सामाग्री बिक्रि गर्दा विचौलियाबाट ठगिने सम्भावना कम हुनुका साथै अन्य प्राविधिक ज्ञान लिन समेत सजिलो भएको किसानहरुको भनाइ छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.