Websoft University

उदयपुरले एक युवालाई जन्मकैद भयो

 


श्याम राई÷उदयपुर  गाईघाट ११ चैत । रातो तारा डट कम,७२ वर्षिया बृद्धालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत उदयपुरले एक युवालाई जन्मकैदको फैसला गरेको छ ।

उदयपुर कटारी नगरपालिकाकी बृद्धा महिलालाई बलात्कार आरोपमा पक्राऊ परेका कटारी–२ हडैया ३१ वर्षिय बंशराज सदालाई कसुरदार ठहर गर्दै अदालतले जन्मकैद सहित ३५ हजार जरिवाना गर्ने फैसला गरेको हो ।

कसुरदारको जायजेथा नभएकोले जरिवाना वापतको रकम सरकारले स्थापना गरेको पिडित राहत कोषबाट उपलब्ध गराउन समेत आदेश गरेको छ ।

जिल्ला न्यायधिश उत्तम सिलवालको ईजलासले सोमबार गरेको फैसलामा घटनामा मतियारको रुपमा सोही ठाउँका २३ वर्षिय मनोज सदालाई ठहर गर्दै एक वर्ष दुई महिना कैद र पिडितलाई १५ हजार क्षतिपूर्ति भराउने आदेश गरेको श्रेस्तेदार धन वहादुर कार्कीले बताए ।

वृद्धा बलात्कृत भैरहदा मनोजले कुनै प्रतिवाद नगरी हेरेर बसेको प्रहरी उजुरीमा आरोप लाईएको छ ।

२०७६ फागुन ८ गते घास काट्न गएको बेला कसुरदारले बलात्कार गरेको भन्दै पिडित परिवारले घटना लगतै ईलाका प्रहरी कार्याल कटारीमा उजुरी गरेका थिए । उजुरी लगतै प्रहरीले उनीहरुलाई पक्राऊ गरेकोमा चैत्र २ गते अदालतले प्रर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.