Websoft University

२२ हजार ५ सय मेट्रिक टन मल आज नेपाल भित्रिदै


काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम,सरकारले बंगलादेशसँग जिटुजी (सरकार सरकार बीचको सम्झौता) मार्फत खरिद गरेको २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दैछ । बंगलादेशबाट खरिद गर्ने भनिएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो चरणमा २२ हजार ५ सय मेट्रिक टन युरिया मल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 

कलकत्ताबाट रेलबाट ढुवानी भएको ९ हजार मेट्रिक टन मल विरगञ्ज र ट्रकबाट ढुवानी भएको ५ हजार ६ सय २५ मेट्रिक टन मल विराटनगर आइपुग्ने प्रवक्ता विष्णु प्रसाद पोखरेलले सीआइएनलाई जानकारी दिनुभयो । त्यस्तै ट्रकबाटै ढुवानी भैरहेको ७ हजार ८ सय ७५ मेट्रिक टन मल भैरहवा आइपुग्ने उहाँको भनाइ छ । तीनवटै नाकाबाट साँझसम्ममा २२ हजार ५ सय मेट्रिक टन मल नेपाल भित्रने तयारीमा रहेको उहाँको भनाई छ । 

बाँकी २७ हजार मेट्रिक टन युरियामध्ये दोस्रो चरणमा १० हजार र तेस्रो चरणमा १७ हजार ५ सय मेट्रिक टन मल नेपाल ल्याइने प्रवक्ता पेखरेलले बताउनुभयो । दोस्रो चरणको १० हजार मेट्रिक टन मल पनि केहि दिनमैं भारतको कलकत्ता आइपुग्ने जानकार िपा्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.