Websoft University

सुन्धाराको गजुर रहने गुम्बज ढलान आज ढलान हुदै,


काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम,काठमाडौँको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको २२ तलाको ढलान सकिएपछि गजुर रहने गुम्बज ढलान आज सकिने भएको छ । धरहरा निर्माणको कार्य गर्दै आएको रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको नेपाल पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् । कोरोनाका कारण लकडाउनको समय र दसैँतिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएकाले निर्माणले पूर्णता पाउन लागेको प्राधिकरणले जनाएको छ । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले धरहरा ढलेको थियो । धरहराभित्रै रहेको सुन्धारालाई पहिलाको जस्तो पानी बग्ने बनाइनेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.