Websoft University

इटहरी उपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने

 


सुनसरी इटहरी फागुन २० गते । रातो तारा डट कम,इटहरी उपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ । वडा नम्वर ६,७,८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ ।

 फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा,वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा,वडा नम्वर ४ को सामुदायिक अस्पताल र वडा नम्वर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ । यसैगरि १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । वडा नम्वर १०को मनमोहन प्राविमा फागुन २५ गते,१७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म कोरोना विरुद्धको खोप लगाइने छ । 

वडा नम्वर १४ देखि १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म,वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते,वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । 

तेश्रो चरणमा ५५ बर्षमाथिका जेष्ठ नागरिक,विद्यालयका शिक्षक कर्मचारी,नीजि स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी,सार्वजनिक स्वास्थ्य सस्थाका चालक सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ । खोप अभियान सफल वनाउन जनप्रतिनिधि,स्वास्थ्यकर्मी,खोप कार्यकर्ता र सरोकारवाला विच छलफल गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.