Websoft University

चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा


सुनसरी । रातो तारा डट कम, चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधवार हार्ट एफ एम धरान का कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद बिस्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन भएको हो ।

बुधवार गठन भएको कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा सहित सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी.कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन । समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछी थप गर्ने तदर्थ समितिका सचिव सुमन भट्टराईले बताए ।

कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत , चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान अतिथी हरुमा म्याजिक सिनेमा हल संचालक , निर्माता तथा कलाकार पर्शुराम चौधरी , निर्माता तथा निर्देशक भीम लामा, संगित साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी , कलाकार तथा चलचित्रकर्मी महा संघ प्रदेश १ का महासचिव दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत, कोशी अनलाइनका सम्पादक सुविद गुरागाई , अग्रज पत्रकार कृष्ण अधीकारी ,निर्माता तथा निर्देशक प्रकाश सुब्बालगायत रहेका थिए । कार्यक्रममा फिल्मकर्मी राज कुमार राई प्रमूख अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार पिवी दियाली, सहयोगी भित्ता इटहरीका अध्यक्ष भरत श्रेष्ठ , चलचित्र पत्रकार संघ,  प्रदेश १ शाखा का कार्यसमिती सदस्य सुवास संकल्प, निर्देशक समाज नेपाल का सदस्य, निर्देशक भीषण राई,  इलाइट सिनेमा इटहरी का संचालक नवराज केसी, निर्देशक समाज प्रदेश १ का सचिव बिनोद पुडासैनी, मैथिली कलकार सुनसरी संयोजक, सुजित कुमार शाह, निर्माता तथा कलाकार बिनोद पोमु , निर्देशक तथा कलाकार बिजय सुब्बा, कलाकार हिमाल दाहाल , सुरेन्द्र भुजेल ,बाट घरे , अभिनेत्री कामना भुजेललगायतको उपस्थिती रहेको थियो ।

चलचित्र पत्रकार संघ नेपालको सुनसरी सहित ९  शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रिय समितिका महासचिव समीर बलामीले बताएका छन् । आउँदो चैत्र ३ गते संघले केन्द्रिय समितिको साधारण सभा यस अघि नै घोषणा गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.