Websoft University

प्रेस विज्ञप्ति- दुख्त खबर, सोलु एफएमको कार्यालयमा आगलागी हुदा करोडौंको क्षेती

 

बिराटनगर । रातो तारा डट कम,प्रदेश १ को सोलुखुम्बुमा २०६१ सालदेखि सञ्चालित सोलु एफएमको कार्यालयमा आइतबार मध्यरातमा भएको आगजनीको खबरले स्तब्ध बनाएको छ । 

योडस्टार क्लबद्वारा सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुबजारमा सञ्चालित प्रदेशकै पहिलो सामुदायिक रेडियोमा भएको आगजनीबाट त्यहाँ रहेका सबै विद्युतीय उपकरण र फर्निचर ध्वस्त भएको छ भने कार्यालयमा पनि क्षति भएको रेडियोका स्टेशन मेनेजर भोजराज कार्कीले जानकारी दिनुभएको छ। हिमाली जिल्ला सोलुखुम्बुमा १ हजार वाट क्षमतासहित सञ्चालनमा रहेको एफएममा भएको आगजानीको कारण करिब १ करोड बराबरको क्षति भएको व्यवस्थापन पक्षले जानकारी (दिएको छ । 

आगजानीबाट रेडियो बन्द हुँदा त्यहाँ पूर्णकालिन रुपमा कार्यरत १४ जना श्रमजीवी पत्रकार एवं सञ्चारकर्मी प्रभावित भएका छन्‌ । विद्युतको एमसीबी पनि बन्द गरेर कर्मचारी घर भएको अवस्थामा मध्यरातमा भएको आगजानी र सीसीटीभी फुटेज पनि गायब हुनुले घटना

शंकास्पद देखिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समिति यो घटनाको सत्यतथ्य छानविन गरिआगजनीबाट कारण बन्द हुने अवस्थामा पुगेको रेडियोलाई राहत उपलब्ध गराई पुनः सञ्चालनको वातावरणमा सहयोग गर्न सरकारसँग माग गर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.