Websoft University

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


बिराटनगर फागुन  १७ गते । रातो तारा डट कम, मोरङ बेलबारी नगरपालिका ५ कसेनी लोहन्द्रा पुल स्थितमा ऐ ऐ बस्ने बर्ष ३२ को जितेन चौधरी, ऐ ऐ बस्ने बर्ष २५ को दिनेश श्रेष्ठ, ऐ ऐ बस्ने बर्ष ३२ को सन्तोष मगर समेतले ऐ ऐ बस्ने बर्ष ४० को चन्द्र कुमार राई, ऐ ऐ बस्ने बर्ष ४२ को सई कुमार राई, ऐ ऐ बस्ने बर्ष ३५ समुन्द्र राई, ऐ ऐ बस्ने बर्ष १६ को गौरव राई समेत सँग सामान्य बादबिबाद हुँदा धारिलो हतियार खुकुरी प्रयोग गरी घाइते बनाएको हुँदा उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर पठाएकोमा चन्द्र कुमार राईको उपचारको क्रममा मृत्यू भएको । उक्त घटनामा संम्लग्न रही हालसम्म फरार रहेको जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ४ मोतीपुर बस्ने बर्ष ३८ को ओम नारायण धामीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।११।१६ गते अन्दाजी २१स्३० बजे जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं.२ वाईपासरोडबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.