Websoft University

आजपनि फुटबलका २ खेल हुने


काठमाण्डौ फागुन १७ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आरसिटी र टुसालबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आरसिटी ७ खेलमा ९ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । टुसाल ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती क्लबसँग खेल्नेछ । सातदोबाटो र श्री भगवतीबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । सातदोबाटो जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ । सातदोबाटोले ७ खेलमा १९ अङ्क जोडेको छ । श्री भगवती ७ खेलमा ६ अङ्क जोडेर नवौं स्थानमा रहेको छ 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.