Websoft University

कम्पनीले खरिद ग¥यो ६० हजार टन मल खरिद ग¥यो


काठमाण्डौ फागुन १७ गते । रातो तारा डट कम,कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ६० हजार टन मल नेपाल भित्रिएको छ । स्विस सिंगापुर कम्पनीसँग खरिद गरेको ३० हजार टन युरिया मल र भारतको देश ट्रेडिङ कम्पनीसँग खरिद गरेको ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याइएको प्रवक्ता विष्णु प्रसाद पोखरेलले सीआइएनलाई जानकारी दिनुभयो । दुई साताअघि कम्पनीले २५ हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत गरिसकेको उहाँको भनाइ छ । एक महिनायता ५५ हजार टन युरिया र ३० हजार टन डीएपी मल भित्रिएकोले मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताउनुभयो । सरकार सरकारका बीचमा भएको सम्झौता अनुसार बंगलादेशबाट आउन लागेको २२ हजार ५ सय टन युरिया मल अर्कोसाता मात्रै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.