Websoft University

कार्यकर्ता प्रशिक्षणका लागि प्रधानमन्त्री केपी ओली आज पोखरा जाने


काठमाण्डौ फागुन १७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी ओली आज पोखरा जान लाग्नु भएको छ । प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका लागि नेकपा अध्यक्ष समेत रहनु भएका उहाँ आज गण्डकी प्रदेशको राजधानी पोखरा जान लाग्नुभएको हो । 

पोखरा सभागृहमा ११ बजे सुरु हुने प्रशिक्षणमा प्रदेशका ११ जिल्लाबाट एक हजार दुई सय हाराहारीमा अगुवा कार्यकर्ता भेला हुने नेकपा ओली समूहका प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले ११ फागुनमा विघटन बदर गरिदिएपछि ओली समूहद्वारा १३ फागुनको मोटरसाइकल ¥याली, १४ गतेको मार्चपास र १५ को आमसभा रद्द गरिएको थियो । 

सोही कार्यक्रम आज हुने भएकाले प्रधानमन्त्री ओली पोखरा जान लाग्नुभएको बताइएको छ । पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले सीमित व्यक्ति आउन पाउने गरी मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने प्रदेश कमिटी सचिव नेपालीले बताउनुभयो ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.