Websoft University

दशौं टच रनिङ्ग शिल्डको उपाधि सरस्वतीलाई


पदम बहादुर अधिकारी-संखुवासभा फागुन  २२ गते । रातो तारा डट कम,चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पसको खेलमैदानमा  १० औं टच रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।


समाज स्पर्श समिति तथा समाज स्पर्श बचत तथा ऋण सहकारी संस्था लि. चैनपुर द्धारा प्रत्यक वर्ष सञ्चालन गर्दै आएको चैनपुर नगरपालिका भरिका आधरभूत तह कक्षा १ – ५ का छात्र÷छात्राहरु वीच हुने  खेल प्रतियोगितामा नगरभारीका २१ विद्यालयहरुले सहभागिता रहेको थियो । रनिङशिलड प्रतियोगितामा दौड, हाइजम्प, लमजम्प, चित्रकला, वत्तितृत्वकला,  लगायत विभिन्न ६ विधाका खेलहरु सचालन भएको थियो । विद्यालयका छात्र÷छात्राहरुले विभिन्न खेलका विधामा ल्याएको स्कोरको आधारमा सरस्वती मावि चैनपुर (माथिल्ला)ले सबैभन्दा उच्च स्कोर ल्याउदै प्रथम भएको थियो । यसैगरी  चैनपुर अङ्ग्रेजी सेकेण्डरी बोर्डिङ्ग स्कुल चैनपुर द्वितीय, र धर्मदेवी आधारभूत विद्यालय चैनपुर १०कल्लेरी तृतीय स्थान प्राप्त गर्न सफल भएको स्पर्श समिति (टच) का प्रमुख एवं कार्यक्रमका सभापति लवकुमार श्रेष्ठले वताउनुभयो ।

शनिवार सम्पन खेल प्रतियोगितामा प्रथम हुन सफल सरस्वती मावि चैनपुरले यस अघि लगातार २ वर्ष विजयी भएकोले रनिङ्ग शिल्ड पच भएको खेलविधाका प्रतिनिधि राजमणि दाहालले बताउनुभयो । विजय हुन सफल प्रतियोगि विद्यालय एवं छात्र÷छात्राहरुलाई क्रमश नगद पुरस्कार रु १० हजार, ८ हजार र ५ हजार सहित शिल्ड, मेडल, प्रमाणपत्रसमेत आजै वितरण गरिएको खेल आयोजक समितिले जनाएको छ ।   

जिल्ला समन्वय समितिका संयोजक  एवं कार्यक्रमका प्रमुख अतिथि सुमन कुमार शाक्यले पानसमा दिप प्रज्वलन गरि रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुभएकोे थियो  । कार्यक्रमका प्रमुख अतिथि शाक्यले खेलको माध्यमबाट बालबालिकालाई चौतर्फी विकास गर्दै राष्ट्रका लागि स्वस्थ्य नागरिक तयार  गर्न यो प्रतियोगिताले सयोग पुग्नेहुँदा  टचले एक उदाहरणीय काम गरेकोमा प्रशंसा गर्नुभयो । 

कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले खेलको माध्यमबाट वालवालिकाको चौतर्फी विकास गर्न सकेमात्र भोलि राष्ट्रका कर्णधार नागरिक उत्पादन गर्न सकिने वताउदै नेपाल सरकारको  समृद्ध नेपाल, सुखी नेपाली भन्ने मूल नारालाई खेलकुदको माध्यमबाट विद्यालयका साना साना बालबालिकाहरु वीच प्रतिस्पर्धा गराएर रचनात्मक काम गरेकोमा संस्थाको प्रशंसा गर्नुभयो । बालबालिकाहरुलाई यस किसिमको खेलकुद आयोजना गर्ने संस्था समाज स्पर्श समिति चैनपुरलाई धन्यवाद् दिँदै आगामी वर्षहरुमा हुने संस्थाको  टच रनिङ्गसिल्ड प्रतियोगिताको लागि नगरपालिकाबाट २ लाख ५० हजार रकम बजेटको घोषणा गर्दै संस्था सँग साझेदारी गरेर कार्यक्रमलाई प्रभावकारी वनाउने  नगरप्रमुख खत्रीले प्रतिवद्धता समेत गर्नुभयो  । 

कार्यक्रममा चैनपुर नगरपालिका उप प्रमुख मुना श्रेष्ठ, संखुवासभा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष उमेश कुमार डाँगी, सरस्वती मावि चैनपुरका विव्यस अध्यक्ष नलकुमार खत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको  कार्यक्रम सञ्चालक एवं संस्थाका सदस्य गोविन्दमान तामाङले वताउनुभयो । रनिङ शिल्ड प्रतियोगिताको लागि एकन एड नेपाल र समाज स्पर्श समितिको आर्थिक सहयोगमा खेल प्रतियोगिता सम्पन्न भएको समाज स्पर्श समितिका खेल संयोजक कुश श्रेष्ठले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.