Websoft University

सुन्दरहरैचा उवासंघको निर्वाचन सम्पन्न : ७६५ मत खस्याे : मतगणना सुरू


सुन्दरहरैचा फागुन  २२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा उद्योग वाणिज्य संघमा  नयाँ नेतृत्व चयनकालागि शनिबार  निर्वाचन सम्पन्न भएको छ ।निर्वाचनमा ८४८ मतदाताहरू मध्ये कुल ७६५ मत खसेको  प्रमुख निर्वाचन आयुक्त केशव अधिकारीले बताउनुभयो ।

निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको पनि उहाले जानकारी गराउनुभयो । निर्वाचन समितिका अनुसार मतगणना सुरू भएको र मतपरिणाम आजै सार्वजनिक गरिने छ । मत गणना सुरू भएसंगै दुवै पक्षका समर्थकहरू गणनास्थल उद्योग वाणिज्य संघ सुन्दरहरैचाको भवन अघाडी भेला भएका छन । उवासंघमा नयाँ नेतृत्वको लागि नेकपा समर्थित टिकाराम कट्टेल नेतृत्वकाे समुह र नेपाली कांग्रेस समर्थित समर्थक कृष्ण रिजाल नेतृत्वकाे समुह बिच प्रतिस्पर्धा भएको थीयो । 


कट्टेल समुहबाट बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रशाद ढकाल , महासचिवमा सन्तोष वान्तवा , द्धित्य उपाध्यक्षमा डोलेश्वर तिम्सिना , उद्योग सचिवमा हरिबहादुर कार्की , वाणिज्य सचिवमा रामकृष्ण खडका , कोषाध्यक्षमा डिल्ली प्रसाद ढकाल सदस्यमा टेकबहादुर सार्की , सुरेश कुमार श्रेष्ठ, मेहन्द्र कुमार आचार्य , रामकुमार बस्नेत , मनोज गुरागार्इ , बिष्णु प्रशाइ , किरणदेवि रौनीयार , र तारा शाक्यको उम्मेद्वारी रहेको छ ।

यसै गरी लेखा समिति संयोजकमा  रूद्र थापा , लेखा सदस्यमा भक्तिविलास घिमिरे , र धुव प्रसाद दाहाल रहेका छन ।

उता रिजाल समुहबाट वरिष्ठ उपाध्यक्षमा दुर्गा कुमार श्रेष्ठ ,  द्धित्य उपाध्यक्षमा गोविन्द अधिकारी , महासचिवमा नारायण कार्की , कोषाध्यक्षमा शारदा प्रसाद ढकाल , वाणिज्य सचिवमा उज्वल थापा , उद्योग सचिवमा अर्जुन गजुरेल , सदस्यहरूमा जितबहादुर सोडारी , लेखबहादुर योञ्जन, दिपक भण्डारी , वालकृष्ण गिरी , शंकर वजगाइ , देवनारायण श्रेष्ठ , रिता सापकोटा , रञ्जु गुरागाइ (आचार्य) त्यस्तै लेखा समिति संयोजकमा कृष्ण प्रसाद ओझा , सदस्यमा गोपाल फुयाल र डम्बर कार्किको उम्मेद्वारी रहेको छ ।

यता निर्वाचन सम्पन्न हुनुअघि नै सदस्य पदमा तिनजना निर्विरोध निर्वाचित भएका छन । जसमध्ये २ जना कट्टेल समर्थित हुन भने एक जना स्वतन्त्र रहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.