Websoft University

आजिवन कारावासको फैसला अदालतले सुनायो

 


श्याम राई-उदयपुर  गाईघाट ४ चैत । रातो तारा डट कम,आठ वर्षिया नातिनीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत उदयपुरले ५६ बर्षिय हजुरबा लाई जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायधिस माधव सिलवालको एकल ईजलासले मंगलबार कसुर ठहर गर्दै त्रियुगा नगरपालिका १३ का उनलाई आजिवन कारावासको फैसला गरेको अदालतको श्रेस्तेदार धन वहादुर कार्कीले बताए ।

अदालतको फैसलामा आजिवन कारावासमा थप ४ बर्ष कैद समेत जोडिएको र ४० हजार जरिवाना गरिएको उनले बताए । त्यसैगरि सरकारले स्थापना गरेको पिडित राहत कोषमा चार हजार एक सय अन्ठाउन्न समेत अदालतले आदेश दिएको छ । 

२०७७ साउन १२ गते कसुरदारले घरमा कोहि नभएको मौका पारी नातिनीलाई बलात्कार गरेका थिए । उक्त घटनाको ढिलो जानकारी पछि घर परिवारले भदौ ९ गते प्रहरीमा उजुरी गरेका थिए । उजुरी पछि प्रहरीले पक्राऊ गरेका उनलाई अदालतले असोज २ गते पूर्पक्षका लागि थुनामा राखेको थियो ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.