Websoft University

ताप्लेजुङका आगलागी पीडितलाई कांग्रेस संसदीय दलद्वारा राहत सामग्री हस्तान्तरण


विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ ।


कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । टोलीमा प्रदेश सांसद प्रतापप्रकाश हाङगामा र चन्द्रप्रसाद श्रेष्ठ पनि थिए ।


प्रमुख सचेतक कार्कीका अनुसार सबै परिवारलाई २० केजीका दरले चामल ८० बोरा, दाल एक क्वीन्टल, पाँच बोरा भूजा, नुनतेल, साबुन, चाउचाउ, म्याटरेक्स, तन्ना, ब्लांकेट एकसय थान, बालबच्चालाई लत्ताकपडा र प्रति परिवारलाई तीन जोरका दरले जुत्ता–चप्पल उलब्ध गराइएको हो । संसदीय दलले शुक्रबार कार्यक्रमस्थलमा उपलब्ध पीडित परिवारलाई वितरण गरी बाँकी परिवारका लागि भने स्थानीयको रोहबरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई वितरण गर्न बाँकी सामग्री हस्तान्तरण गरेको थियो । लिम्बूले गाउँपालिकाको समयन्त्रमार्फत बाँकी परिवारालाई राहत विरतण गरिने प्रतिबद्धतासमेत जनाएका छन । 

कार्कीले भने,“आगलागीले बजार पूर्ण रुपमा ध्वस्त भएको रहेछ । पीडित परिवारको पुर्नस्थापना निकै कठिन देखिएकोले यसमा प्रदेश १ सरकारले विशेष राहत प्याकेज नै घोषणा गर्नुपर्ने हाम्रो माग छ । संसद बैठकमा समेत स्थानीयको मागलाई जोडदार ढंगले उठाउने छौं ।” घटना लगत्तै दोभान बजार पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रति परिवार रु. ५० हजार उपलब्ध गराउने घोषणा गरेको भएपनि त्यो अपुग हुने देखिएको आफूहरुको ठहर भएको कार्कीले सुनाए । 

राहत तथा पुर्नस्थापनाको लागि प्रति परिवार कम्तिमा रु. ३ लाख उपलब्ध गराउन र सरकारकै पहलमा बजार पुर्ननिर्माणदेखि स्थानीयको राहतका लागि सहुलियतपूर्ण ऋणसमेत दिन स्थानीयले माग गरेको कार्कीले बताए । कांग्रेस संसदीय दलसंगै पुगेको फुड बैंक लायन्स क्लब अफ इटहरी सुनसरीले पीडित परिवारलाई चामल उपलब्ध गराएको अध्यक्ष ई. भविन खड्का र चेयर पर्सन निर्मला चौधरीले बताए ।

एघार दिनअघि ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा भीषण आगलागी भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.