Websoft University

प्राणीलगायतका जीवहरुको अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक ः मन्त्री कार्की


विराटनगर फागुन २९ गते । रातो तारा डट कम, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ । उहाले बयसका लागि बजेटको प्रवन्ध गर्ने समेत बताउनुभयो । 


नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले  आज विराटनगरमा आयोजना गरेको गोष्ठिमा मन्त्री कार्कीले  प्राणीशास्त्रीले अनुसंधान गरेका प्राणी लगायतका जीवहरुको प्रतिवेदनहरु आफुमा मात्र सिमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न आग्रह गर्नुभयो ।  उहाँले अनुसन्धानका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरि सोही अनुसार अघि बढ्ने बताउनुभयो । मन्त्री कार्कीले प्राध्यापकहरुलाई आफ्नो क्षेत्रमा अब्बल हुनका लागि अनुसंधानमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले ‘ओपन जु’ को अवधारणा अघि सारेको बताउनुभयो । ओपन जुका लागि स्थान छनौटको लागि तयारीको काम भईरहेकोजानकारी दिनुभयो । मन्त्री कार्कीले भन्नुभयो,‘झापा, मोरङ, सुनसरी र उदयपुर मध्ये एक जिल्ला छनौट गरिने छ ।’  


कार्यक्रममा डा. आशिषकुमार घोष, प्रा.डा. राधाकृष्ण खेरवार, योगेन्द्रनारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देवलाई मन्त्री कार्कीले सम्मानित गर्नुभयो । प्रदेश स्तरिय गोष्ठिमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, प्रा.डा. रामबहादुर थापाले मन्तव्य व्यक्तगर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.