Websoft University

प्रदेश स्तरी लेखन प्रतियोगितामा ते¥हथुमकी निरौला प्रथम

 


विराटनगर, २८ चैत । रातो तारा डट कम, प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् । 

सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफलभएकी थिईन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरिय लेखन प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्धितिय, झापाकी अम्विका भट्टराई तृतिय, मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेल सान्तवना भएका छन् । 

प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । लेखन प्रतियोगितामा प्रथम, द्धितिय,तृतिय र सान्तवना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३–३ हजार र प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने राष्ट्रिय स्तरिय प्रतियोगिताका लागि छनौट भएका छन् । 

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कार्की, उपसचिव कृष्णप्रसाद पोखरेल, यूवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरे लगायतले बोल्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.