Websoft University

नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजमा कर्जा पाउने, नगर र बैंकबीच हस्ताक्षर सम्पन्न!

 


शिव भट्टराई, मोरङ फागुन  २८ गते । रातो तारा डट कम, सुन्दरहरैंचाका युवाले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ब्याज नेपाल बंगलादेशबाट ४ प्रतिशत ब्याजदरमा पाउने भएका छन् । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क गर्ने भएको छ । 


आज नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि नगरप्रमुख ढकाल र बैंकका प्रदेश प्रमुख तिम्सिनाले सहुलियतपूर्ण कर्जाको बारेमा जानकारी गराएका थिए । 

सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गरेपछि त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिश गर्ने सम्झौता भएको नगरप्रमख ढकालले बताए । लिइएको ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने उनले जानकारी दिए । 

बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम ७ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि यो योजना ल्याइएको उनले जानकारी दिए । 

बैंकको विराटचोक शाखाका प्रमुख सुजन तिम्सिनाले अडिट रिपोर्ट, प्रोजेक्ट रिपोर्टलगायतका अन्य कागजपत्र नचाहिने र आवश्यक प्रक्रिया पूरा गर्न सहज हुनुका साथै ब्याजदर कम भएकाले यो कर्जाबाट धेरै जना उद्यमी, व्यवसायी वा स्वरोजगार बन्न सक्ने उनको भनाइ छ । 

बैंकको आधार दरमा १ प्रतिशत थप गरी अधिकतम ब्याजदरको सीमा निर्धारण गरिए पनि बंगलादेशले आधार दरको ५० प्रतिशत कम ब्याजदरमा नै ऋण दिन लागेको नगरप्रमुख ढकालले बताए । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको उनले बताए । 

समझदारी पत्र हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने  भए पनि पहिलो पहिलो पक्ष अर्थात नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । समझदारी अवधी समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमाउल्लेखछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.