शिव भट्टराई,मोरङ फागुन २८ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचामा जारी एक नं प्रदेश स्तरीय भलिवल प्रतियोगिता अन्तरगत दोश्रोदिन बिहीबार भएको तिन खेलमा क्रमश मोरङको बविया बिर्ता , सुनसरीको इटहरी उपमहानगर र आयोजक टोलि बिजयी बनेको छ ।
पहिलो खेल अन्तरगत आदर्श युवा क्लब लक्ष्मिमार्गलार्इ २ का बिरूद्ध ३ को सोझो सेटले हराउदै बविया बिर्ताले बिजयी निकालेको छ भने दोश्रो खेलमा भोक्राहा नरसिंह क्लब्लार्इ सोझो ३ सेटले हराउदै आयोजक जनसहयोग युवा क्लबले जित हाशिल गरेको छ ।
त्यस्तै बिहीबार नै सम्पन्न तेश्रो खेलमा मधेशालार्इ हराउदै सुनसरीको इटहरी उपमहानगरले जित निकालेको आयोजक कमिटिका अमृत मगरले बताए । तेश्रो खेलमा मधेशा ट्रेनिङ सेण्टरलाइ सोझो ३ सेटले हराउदै इटहरी उपमहानगरले जित निकालेको जनाइएको छ ।
मोरङको सुन्दररहरैचा वार्ड नं ७ गछियास्थित खेल मैदानमा बुधबार देखि सुरू भएको प्रदेश स्तरीय पुरूष भलिवल प्रतियोगितामा बिजेता हुने टिमलाइ नगद १लाख १ हजार १सय ११ रूपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपबिजेता टिमलाइ नगद ५१ हजार १ सय ११ रूपैया ट्रफि, मेडल र प्रमाणपत्र त्यसैगरी तृृत्य हुने टिमलाइ नगद २५ हजार १ सय ११ रूपैया ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
Post a Comment