Websoft University

सुन्दरहरैंचा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने!

 


शिव भट्टराई,मोरङ फागुन २९गते । रातो तारा डट कम, सुन्दरहरैंचा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता सञ्चालनसम्बन्धी जानकारी दिनका लागि आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले खेलकुदमा नगरपालिकाले यथेष्ट बजेट छुट्याएको बताउनुभयो । 


कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले स्थानीय खेलाडीलाई दक्ष बनाउन यस्ता प्रतियोगिता सहयोगी हुने बताउनु भयो । सुन्दरहरैंचाको पछिल्लो पुस्ताले खेलकुदमा राम्रो प्रगति गरिरहेको बताउँदै चाँडै नै उपमेयर कप भलिबल प्रतियोगिता पनि सञ्चालन हुने जानकारी दिनुभयो। 


एन्फाका मोरङ महासचिव प्रकाश मास्केले मोरङ जिल्ला खेलाडी उत्पादनमा अगाडि रहेको बताउनुभयो ।प्रतियोगिताको सह आयोजक वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले शुक्रबारे युवा क्लबको संयोजनमा सुन्दरहरैंचा– ११ शुक्रबारेमा हुने प्रतियोगिताले सो क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । 

प्रतियोगिताको मिति तथा प्रतियोगितामा सहभागी हुने टिमको संख्या भने यकिन नभए पनि मोरङ र सुनसरीका नगरपालिकाहरुलाई सहभागि गराउने तयारी भइरहेको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.