Websoft University

पत्रकार महासंघ मोरङको अध्यक्षमा नवोदितको दाबी

 


विराटनगर । रातो तारा डट कम, आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेकाछन् । 

नवोदित नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्ष हुन् । ‘अग्रजलाई सम्मानः युवालाई प्रोत्साहन’ आफ्नो योजना रहेको नवोदितले बताए । उनले आदिवासी, जनजाति, मधेसी सबै क्षेत्रलाई समेटेर आफू अगाडि बढ्ने बताएका छन् । युवा साहित्यकारसमेत रहेका नवोदित नेपाली लेखक संघ मोरङका सचिवसँगै विभिन्न डेढ दर्जन बढी साहित्यिक संघसंस्थामा समेत आबद्ध छन् । 

कारोबार दैनिकको प्रदेश–१ संयोजक, मकालु टेलिभिजनको सहसम्पादक, विराटसन्देश अनलाइनको सम्पादक, विएफएमको कार्यक्रम प्रस्तोताको जिम्मेवारीमा रहेका नवोदितसँग न्यू सृष्टि दैनिकको प्रधानसम्पादक, विराटपथ दैनिकको कार्यकारी सम्पादक, दर्शन दैनिकको उपसम्पादक, घटना र विचार साप्ताहिकको संवाददाताका रूपमा समेत काम गरिसकेको अनुभव छ । नवोदितले शारदा, चेतना सन्देश, नानी बालपत्रिका, शारदालगायत आधा दर्जनभन्दा बढी विभिन्न साहित्यिक पत्रिकाको सम्पादकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । नेपाल प्रेस युनियन मोरङको हाल सल्लाहकार रहेका नवोदित संगठनले टिकट दिनेमा विश्वस्त   छन् । “पत्रकारितामा विगत दुई दशकभन्दा लामो समयदेखिको सक्रियता, पेशाप्रतिको निष्ठा, इमान्दारिता र युनियनको नेतृत्वमा रहँदा गरेका कामको मूल्यांकन गरेर पक्कै पनि संगठनले टिकट दिनेछ,” नवोदित भन्छन्, “यसका साथै अधिकांश युवा साथीहरू र अग्रजहरूले पनि अगाडि बढ्न प्रोत्साहित गरिहनु भएको छ । संगठनले पक्कै पनि सोच विचार गरेर निर्णय लिनेछ । संगठनको निर्णयलाईआत्मसाथगरेरअगाडिबढ्नेछु ।” 

पत्रकारिताकै सिलसिलामा झण्डै डेढ दर्जन मुलुक भ्रमण गरिसकेका नवोदितका विभिन्न साहित्यिक कृतिसमेत प्रकाशित छन् । महासंघलाई कसैको दबाब र प्रभावमा नपारी समग्र श्रमजीवि पत्रकारको साझा थलोका रूपमा स्थापित गराउने उनको प्रतिबद्धता छ । “हुन त महासंघलाई पत्रकारको साझा थलो भनिन्छ, तर कतिपय अवस्थामा त्यस्तो देखिँदैन अनि महासंघ आफ्नो भूमिकाबाट च्यूत हुने अवस्था पनि आउँछ,” उनले थपे, “पूर्वअध्यक्ष, अग्रज र युवा साथीहरूको साथ र सहयोगले महासंघलाई साँच्चिकै पत्रकारहरूको साझा चौतारीका रूपमा स्थापित गराउनेछु ।” 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.