Websoft University

फुटबलका आज २ खेल हुने


काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र मध्यपुर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र मध्यपुरबीचको खेल अपराह्न सवा १२ बजेबाट सुरु हुनेछ । दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवा भईसकेको सातदोबाटो सहज जितको खोजीमा रहेको छ । सातदोबाटो जित निकाल्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । सातदोबाटोले ९ खेलमा २५ अङ्क जोडेको छ । मध्यपुरले ९ खेलमा १० अङ्क जोडेको छ । मध्यपुर आठौं स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र पुल्चोक स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आरसिटी र पुल्चोकबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । आरसिटी १३ अङ्क जोडेर पाचौं स्थानमा रहेको छ । पुल्चोक २ अङ्क जोडेर पुछारमा रहेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.