Websoft University

सुन्दरहरैंचामा प्रदेशस्तरीय पुरुष भलिवलको उपाधी दमक झापालाई

 


शिव भट्टराई,मोरङ चैत १ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचास्थित गछियामा सम्पन्न एकनम्बर प्रदेश स्तरीय पुरूष भलिवल प्रतियोगिताको उपाधि दकम झापाले जितेको  छ ।  आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोगयुवा क्लव सुन्दरहरैंचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमक झापाले उपाधिजितेको हो ।


उपाधिविजेता दमकले १ लाख १ हजार १ सय ११ रूपैयाँ पुरस्कार तथा ट्रफि पाएको छ । यताउपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले ५१ हजार १ सय ११ रूपैया र ट्रफि पाएको छ ।त्यस्तैशनिबार भएको पहिलो सेमीफाइनल खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–१ ले पराजितगर्दै आयोजकले फाइलनमा स्थान बनाएको थियो भने दोश्रो सेमीफाइनल खेलमारामधुनी सुनसरीलाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि भिडन्त पक्का गरेकोथियो । 


यस्तै आइतबार नै सम्पन्न तेश्रो स्थानका लागिभएको खेलमा रामधुनी सुनसरीलाई पराजित गर्दै विमान ट्रेडर्स विर्तामोड विजयी भएको छ। तेश्रो भएको विर्तामोडले नगद २५ हजार १ सय ११ रूपैया ट्रफि हात पारेको छ । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुनेखेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थीयो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, सुन्दरहरैंचा ६ का वडाध्यक्ष जीवनराई, नेकपा नेता केदार गुरागाईं, कांग्रेस नेता भक्ति सिटौला लगायतले पुरस्कारप्रदान गरेका थीए । प्रतियोगितामा समिट धरान, रामधुनी सुनसरी, वविया विर्ता, विमानट्रेडर्स विर्तामोड, इटहरी उपमहानगरपालिका, दमक झापा, मधेशा ट्रेनिङ सुनसरी, आदर्शयुवा क्लव लक्ष्मीमार्ग, केराबारी मोरङ, भोक्राहा सुनसरी र आयोजकको टीम लगायत गरि१२ वटा टीमको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.