मोरङ चैत २ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाको ७ औ नगरशभा सोमवार समपन्न भएको छ । नगरशभाले वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षण बिधेक र सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको समुचित उपयोग एवम दीगो व्यवस्थापन गर्नका लागि वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षण सम्बन्धि कानुन बनाइएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
यस्तै नगरशभाले आफनो नगरमा आफै बैकल्पिक उर्जा उतपादन गर्ने गरी सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । बेलबारीले बैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरीहरेको छ । प्रकृतिमा निरन्तर रुपमा प्राप्त भईरहने र प्रयोगबाट न्युन बातावरणिय असर पर्ने भएकोले बैकल्पिक उर्जामा जोड दिएको नगर प्रमुख सुवेदीले बताए । बातावरणिय असर समेत नगर्ने भएपछि वैकलपिक उर्जामा जोड दिएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए । फागुन २९ गते देखी सुरु भएको नगरशभा दुई वटा बिधेयकहरु पारीत गर्दै चैत्र २ गते सकिएको हो ।
Post a Comment