गाईघाट चैत २ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगपालीका ५ तिनतलेका मुटु रोगी ३६ वर्षिय मिन बहादुर तामाङगको उपचारको लागी कतार बाट दुई दिनमा १ लाख ९ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको
छ । बिगत ४ वर्ष देखी मुटुको बिरामी भै हाल काठमाडौ स्थीत मनमोहन कार्डियोथोरासिक भस्कुलर तथा टा«न्सप्लान्ट सेन्टरमा उपचार भराईरहेका तामाङग को उपचार सहयोगको लागी कतारमा रहेका नेपाली कामदारहरुले रकम संकलन गरी उक्त रकम सोमबार नेपाल पठाएकाछन । तामाङगको अहिले आईसियुमा उपचार भैरहेको पारिवारीक सा्रेतले जनाएको छ । उनको मुटुको अल्व फेर्ने तयारी भैरहेको छ। कतारमा रहेका फडिन्द्र भट्टराई को सक्रियतामा रकम संकलन भएको पिडितका आमा पञ्च मायाले बताईन । आर्थिक अबस्था नाजुक रहेको तामाङग परिवार लाई यस अघि कटारीका समाजसेवी कृष्ण खत्रीले ब्यक्तीगत रुपमा ३० हजार नगद सहयोग गरेका थिए । उनले बिरामी तामाङगको उपचारको लागी सामाजिक संजाल मार्फत पनि सहयोग आग्रह गरेका थिए ।
Post a Comment