Websoft University

मिस्टर एण्ड मिस थारुको भोटिङ खुल्ला, चैत १३ मा ग्राण्ड फिनाले


काठमाडौं, चैत २ गते । रातो तारा डट कम,तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि भोटिङ खुल्ला गरिएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले नजिकिएसंगै भोटिङ पनि खुल्ला गरिएको हो ।  

वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा मिस्टर थारुतर्फ १५ जना र मिस थारुतर्फ १७ जना अन्तिम प्रतिस्पर्धामा छन् । उनीहरुलाई अहिले काठमाडौंमा प्रशिक्षण गराइरहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए । 

प्रशिक्षण चलिरहँदा भोटिङ लाइन पनि खुल्ला गरिएको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए । उनका अनुसार खल्ती एपबाट आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई भोट गर्न सकिन्छ । यस भोटबाट प्रतिस्पर्धीहरुलाई टप ८ सम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने छ । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’ प्राप्त गर्ने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए ।

प्रतिस्पर्धीहरुको फागुन १४ गतेदेखि काठमाडौंमा प्रशिक्षण चलिरहेको छ । महिला तथा पुरुष दुवैतर्फका प्रतिस्पर्धीहरुलाई मिस इन्टरनेशनल २०१८ रोनाली अमात्यले योगा सम्बन्धी प्रशिक्षण दिएकी छन् भने मिस इन्टरनेशनल वर्षा लेखीले वातावरण र मिस नेपालको यात्रा बारे अनुभव साटेकी थिइन् । यस्तै स्वस्तिका राजभण्डारीले मेकअप, प्रिया रानी लामाले कोरियोग्राफी सम्बन्धी प्रशिक्षण दिएकी छन् । सञ्जय काफ्लेले आधूनिक कृषिको बारेमा प्रशिक्षण दिएका थिए । मिस्टर एण्ड मिस थारुकी मेन्टर निश्मा चौधरीले पुरै प्रशिक्षण समय अवधिभर विभिन्न विधामा प्रशिक्षण दिइरहेकी छन् । 

प्रशिक्षण अवधिमै यही चैत ७ गते ट्यालेन्ट राउण्ड समेत आयोजना गरिने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताको फाइनल चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा चैत १३ गते हुनेछ । प्रतियोगिताको फाइनललाई भव्य बनाउने गरी तयारी भइरहेको वाइएसी इभेन्टका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए । 

थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.