Websoft University

काँग्रेसको आकस्मिक बैठक बस्ने


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बिहान साढे ११ बजे केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले पार्टी नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्नुका साथै श्रद्धाञ्जली सभाका बारेमा निर्णय गर्ने पनि शर्माले बताउनुभयो । काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री जोशीको गएराति नर्मिक अस्पताल काठमाडौँमा उपचारको क्रममा  निधन भएको थियो । आज मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म स्वर्गीय जोशीको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.