Websoft University

इटहरी उपमहानगरको शिक्षा महाशाखाले नगरशिक्षा समितिको वैठकले गरेका निर्णय गर्यो सार्वजनिक


सुनसरी इटहरी चैत १३ गते । रातो तारा डट कम, इटहरी उपमहानगरको शिक्षा महाशाखाले नगरशिक्षा समितिको वैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आन्दोलनरत विद्यार्थीहरु र हिसानका प्रतिनिधिहरु सहभागि कार्यक्रममा शिक्षा महाशाखा प्रमुख  सूर्य प्रसाद सुवेदीले निर्णय सार्वजनिक गर्नुभएको हो । इटहरीका संस्थागत विद्यालयको कक्षा ११ र १२ मा देखिएको शूल्क सम्वन्धि समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले वुझाएको प्रतिवेदनका आधारमा निर्णय भएको हो । इटहरी उपमहानगर वडानम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कोरोना महामारीको समयको समेत नीजि कलेजले शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।

नगर शिक्षा समिति इटहरी को मिति २०७७।१२।११ गतेको बैठकका निर्णयहरुः

१ . भौतिक कक्षा सञ्चालन हुन पूर्व यातायात शुल्क वापतको रकम  लिइएको भए सो वापतको रकम सम्बन्धित विद्यार्थीर अभिभावकलाई फिर्ता गर्ने ।राष्ट्रिय परीक्षा बोर्डले लिइएको  परीक्षा शुल्क वाहेक परीक्षा सञ्चालनार्थ लिइएको शुल्क परीक्षा सञ्चालन नभएको भए सो वापतको रकम सम्बन्धित विद्यार्थीर अभिभावकलाई फिर्ता गर्ने ।

२। विद्यालय सञ्चालनका क्रममा आन्तरिक रुपमा देखिएका समस्याहरु सरोकारवालहरुसँग समन्वय गरी सम्बन्धित विद्यालयहरुले आन्तरिक रुपमासमाधान गर्ने व्यवस्थामिलाउने ।

३। शैक्षिक सत्र २०७७ मा संस्थागत विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले तिर्नुपर्ने १२ महिना बराबरको मासिक शुल्कलाई पूर्ण शुल्क मानी २ महिना बराबरको रकम छुट दिने । तर उक्त रकम बराबरको सुविधा यस अघि नै लिइ सकेको भए दोहोरो छुट दिन बाध्य नहुने । 

४। संस्थागत विद्यालयका कर्मचारीहरु माथि भएको सांघातिक आक्रमण,कुटपिट तथा विद्यालय तोडफोड जस्ता कार्यहरु प्रति दुख व्यक्त गर्दै आगामी दिनमा यस्ता प्रकृतिका अमानवीय गतिविधिहरु नहुने वातावरण निर्माणका लागि सम्बद्ध सबै पक्षलाई अनुरोध गर्ने ।

५। विद्यालयलाई शान्ती क्षेत्र कायम गरी भयरहित,सौहार्दपूर्ण तवरले शिक्षक विद्यार्थीहरुको पठनपाठनका गतिविधि सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि स्थानीय  प्रसाशन समक्ष अनुरोध गर्ने ।

६। विश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण विद्यालयहरुमा सिर्जित शुल्क सम्बन्धी  समस्या समाधानको प्याकेजमा सहभागिताका लागि सम्बन्धित विद्यालयमा कार्यरत शिक्षकहरुलाई  अनुरोध गर्ने ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.