Websoft University

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल हुँदै


काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम,सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘सी’ लिग आजबाट एन्फा कम्प्लेक्समा सुरु हुने जनाएको छ । लिगको पहिलो दिन दुई खेलहरु हुनेछ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । खालीबारी र झापाबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ । दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल साढे ३ बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । 

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.