बिराटनगर चैत १ गते । रातो तारा डट कम, सिरहाको लहानमा बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। लहानको मालपोत कार्यालयनजिक आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप घिमिरेले जानकारी दिएका छन्।
घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ भने पाँच जना सामान्य छन्। घटनाबारे विस्तृत जानकारी लिन एसपी नेतृत्वको टोली घटनास्थल पुग्दैछ।
बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन।
Post a Comment