Websoft University

उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न


जयकृष्ण यादव-इनरुवा, चैत १ गते । रातो तारा डट कम, सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडामा गठन भएको ११ वटा उपभोक्ता  समितिका पदाधिकारीहरुलाई निर्माणको काम प्रभावकारी रुपमा सञ्चालन  गर्नका लागि अभिमुखिकरणको आयोजना  गरिएको हो । वडा कार्यालयले आफ्नो विभिन्न योजनाहरुलाई प्रभावकारी र जनसहभागिता सहितको सम्पन्न गर्नका लागि उपभोक्ता समितिलाई अभिमुखिकरण गरिएको वडा अध्यक्ष सुगना झग्डले जानकारी दिनुभयो । 

उपभोक्ता समितिका लागि सदस्यहरुलाई लेखा अधिकृत दिलबहादुर खड्का, योजना शाखा प्रमुख योगराज निरौला, इन्जिनियर राम कुमार यादव, उपाध्यक्ष राजकुमारी चौधरी सहितकाले उपभोक्ता समिति गठनदेखी निर्माणसम्म र काम सम्पन्न भएपछि भुक्तानीसम्मको जानकारी सहित अभिमुखिकरण गरिएको वडा अध्यक्ष झग्डले जानकारी दिनुभयो । कार्यक्रममा कार्यालिका सदस्य हरि उराँव, वडा सचिव श्यामकुमार साह, वडा सदस्यहरु सहितको उपस्थिती रहेको थियो । 

कार्यक्रममा उपभोक्ता समितिको बैठकदेखी वडा कार्यालयको सिफारिस लिनुपर्ने, उपभोक्ता समितिको निर्णय भएको र गर्नुपर्ने तरिका, लागत स्टीमेट, योजना सुरु हुनु पूर्वको अवस्थाको बारेमा समेत प्रशिक्षण दिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.