Websoft University

नेपाल पर्यटन बोर्डले मुलुकका पर्यटकीय गन्तव्यहरूलाई ब्राण्डिङ्ग गर्न सुरु गर्यो


काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम,नेपाल पर्यटन बोर्डले मुलुकका पर्यटकीय गन्तव्यहरूलाई ब्राण्डिङ्ग गर्न सुरु गरेको छ । बोर्डले यसको सुरूआत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने काम थालेको बोर्डले अन्य गन्तव्यहरूलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको छ । 

गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महसुस गरेर ब्राण्डिङ गर्ने योजना बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताउनुभयो । जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्राण्डिङ गरिएको छ । जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ‘ओम माने पद्मे हुँ’को गुन्जयमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्राण्डिङमा संयोजन गरिएको छ । 

यस्तै, लुम्बिनीको टोपोग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्राण्डिङ’ मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार ब्राण्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरकाविभिन्न रङ प्रयोगगरिएकोछ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.