बिराटनगर फागुन २५ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं।०४ स्थित बरगाछी चोक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको झोलामा प्याक गरी १६ पिस अन्दाजी मुल्य रू १२ हजार बरावरको लेडिज कुर्तासुरूवाल कपडा वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको छ।
Post a Comment