Websoft University

आज फुटबलका २ खेलहरु हुने


काठमाण्डौ चैत २ गते । रातो तारा डट कम,सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा सानेपा क्लब र विरगञ्ज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । सानेपा र विरगञ्जबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ । 

यस्तै आजै हुने दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र महाबिर क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म सञ्ंचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । 

समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सकोशीर्ष ३ टोली ‘बी’ डिभिजनमाबढुवाहुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.