Websoft University

धरान,आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीक उत्सव सम्पन्न


सुनसरी धरान चैत्र २ गते । रातो तारा डट कम,आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्धघान गर्नु भएको थियो ।

आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले दुर्व्यसनीमा फसेका युवा पीढीलाई उपचारपरामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । 

सोही कार्यक्रममा प्रमुख अतिथी श्रीमती सिर्जना थापाले केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा केन्द्रका पुर्व व्यवस्थापक पुर्व प्रहरी नायव उपरिक्षक रामजी कट्वाललाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा धरान उप-महानगरपालिकाका मेयर तिलक राईसुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालआसरा सुधार केन्द्र धरानका मानार्थ सदस्य प्रदिप मेयाङबोले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सोही कार्यक्रममा आसरा सुधार केन्द्रले बार्षिकोत्सबको अबसरमा आयोजना गरेको बिभिन्न खेलकुद बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी महासचिव श्रीमती बबिता पाल तथा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रृजना थापा कार्कीले पुरस्कार प्रदान गर्नु भएको थियो । आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न तेश्रो बार्षिकोत्सवको अवसरमा प्रशिक्षार्थीहरुबाट गायननृत्य तथा कविता बाचन समेत भएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघप्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुसंचालक समितीका पदाधिकारीहरुकेन्द्रका आजिवन सदस्यहरुस्थानिय जनप्रतिनीधीहरुसुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.