Websoft University

दोश्रो मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जिते

 

काठमाडौं,  चैत २ गते । रातो तारा डट कम,दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ काठमाडौंको जमल स्थित नाचघरमासम्पन्न भएको छ । सो प्रतियोगितामा मिस्टर रोनियार २०२१ को उपाधि अस्मित गुप्ताले र मिस रौनियार २०२१ को उपाधि आँचल रौनियारले जितेका छन् । एमी इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित सो प्रतियोगितामा आँचलले पब्लिक च्वाईस अवार्ड पनि हाँसिल गरिन् भने अस्मितले मिस्टर ट्यालेन्टको उपाधि पनि जिते ।

काठमाडौं विराटनर लगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवा युवती बीच भएको दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जितेका हुन् ।

यो प्रतियोगिताको निर्णायकमा अभिनेता रणधिर शाह, मोडल बिपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह, उड्यान प्राधिकरण क्षेत्रकी संगीत रौनियार र फेसन डिजाईनर सरगम श्रेष्ठ थिए । 
 
 प्रतियोगितामा मिस्टर रौनियारतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाईसको आवर्ड सर्वजित रौनियारले, सेकेन्ड रनरअपसँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हाँसिल गरे । भिवर्स च्वाईस र पब्लिक च्वाईसको अवार्ड श्याम रौनियारले, बेस्ट वाकको अवार्ड अँकित रौनियारले, म्यानेजमेन्ट च्वाईस अवार्ड अजयप्रसाद गुप्ताले हाँसिल गरे । बिराटनगरबाट मिस्टर ट्यालेन्ट आयुष रौनियार बने ।

प्रतियोगितामा मिस रौनियारतर्फ फस्ट रनरअपको उपाधि शिक्षा गुप्ताले, सेकेन्ड रनरअपसँगै बेष्ट पर्फमेन्सको उपाधि ज्योती रौनियार र मिस ट्यालेन्टको उपाधि काठमाडौबाट खुस्बु रौनियारले, बिराटनगरबाट रुची रौनियारले हाँसिल गरे । अन्य उपाधि तर्फ म्यानेजमेन्ट च्वाई अवार्ड नन्दिनी कुमारी गुप्ताले, मिस फोटो जेनिक सोमनकुमारी गुप्ता, बेस्ट क्याटवाक सालु कुमारी रौनियार, मोस्ट चार्मिङ स्नेहा रौनियार र बेष्ट पर्सनालिटीको अवार्ड प्रीति रौनियारले प्राप्त गरे ।

आयोजक राजन रौनियारले रौनियार समुदायका युवा युवतीको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले यो प्रतियोगिता तीन वर्ष यताबाट आयोजना गर्दै आएको बताए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्यले र बिराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.