Websoft University

नेपालमा कोरोना सङ्क्रमित लगातार बढ्दै–भारतिय नाकाबाट नेपाल तिर दैनिक हजारौं संख्यमा आउने मानिसहरु नरोके नेपालमा कोरोनाले कहर मचाउने ?


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम, नेपालमा २ दिन यता कोरोना सङ्क्रमित लगातार बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यही अवधिमा ७७ जना निको भएकाछन् । पछिल्लो समय नेपालमा हरेक दिन १ सय भन्दा कम सङ्क्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता सङ्क्रमितको संख्यामा बृद्धि भइरहेको छ । हिजो १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि सङ्क्रमण फैलने खतरा बढेको जनस्वास्थ्य विद्हरुले बताउँदै आएका छन् । हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.