Websoft University

देउमाईका मृगौला पिडित दिपकलाई ३ लाख ६६ हजार सहयोग

 


टिकराम चापागाई इलाम  । रातो तारा डट कम,इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पिडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया  हस्तान्तरण गरिएको छ  । देश विदेशमा संचालित अभियानबाट संकलित उक्त रकम मंगलबार एक कार्यक्रमका बिच उनलाई हस्तान्तरण गरिएको हो । कतारमा तारा चापागाइले ३८ हजार ६ सय , गणेश लुईटेलले २६ हजार ४ सय, तथा  होम फियाले २२ हजार ८ सय २८ रुपैया संकलन गरेका थिए ।  उता मलेसियाबाट बिष्णु फियाकको अगुवाइमा १६ हजार १सय ४८ र धिरेन पोर्तेलको अगुवाइमा २० हजार ९सय ५० रुपैया संकलन भएको थियो ।

 त्यस्तै दक्षिण कोरियाबाट महेन्द्र कार्कीको अगुवाइमा ७२ हजार ७ सय रुपैया तथा केशव कुंवरले २३ हजार ७ सय २२ रुपैया संकलन गरेका थिए । नेपालका बिभिन्न ठाँउबाट यसअघि ६३ हजार ९ सय ५२ रुपैया संकलन गरि हस्तान्तरण गरिएको थियो । उनको उपचारमा हालसस्म चार लाख भन्दा बढी खर्च भइसकेको  र अझै लाखौ रुपैया लाग्ने अभियन्ता राजन लिम्बुले बताए । 

बिगत ३ बर्ष यता मृगौलामा समस्या भएर बिराटनगरको नोबेल हस्पिटलमा  उपचाररत लिम्बुको आर्थिक अवस्था एकदमै कमजोर बिहान बेलुका खानको समेत समस्या रहेकाले “दिपक लिम्बु बचाउ अभियान” नै सञ्चालन गरेर सो रकम संकलन गरिएको थियो । उनको  घरमा श्रीमती तथा  ५ बर्षिया छोरी रहेकी छन् । श्रीमती रेसिकाले आफ्नो श्रीमानलाइृ बचाउन देश तथा बिदेशमा रहेका सम्पुर्ण सहयोगी मनहरुलाई सहयोग गरिदिनहुन आग्रह गरेकी छिन् । 

दिपक लिम्बुको  स्वास्थ्य अवस्था हाल सुधारोन्मुख भइरहेको राजनले जानकारी दिए ।  आर्थिक अवस्थाको कारणले उनले जीवन गुमाउनु नपरोस भनेर भनेर “दिपक लिम्बु बचाउ अभियान” सञ्चालन गरिएको स्थानिय सोबित लुइटेलले बताए । नेपाल, मलेसिया, कतार, कोरिया तथा अन्य ठाउबाट रकम संकलन भइरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.