Websoft University

एम्स कलेजमा ग्रिटिङ फेस्टिभल


विराटनगर चैत  १० गते । रातो तारा डट कम, विराटनगर ०९ मा रहेको एम्स कलेजले बि.एच.एम. मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई ग्रिटिङ फेस्टिभलको आयोजना गरेको छ ।

भर्ना भएका नयाँ विद्यार्थीलाई दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा ३३ जना सहभागि रहेका थिए । २०७५ सालमा त्रि.वि.वि. बाट सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको एम्स कलेजको बि.एच.एम.कार्यक्रम एक नमुना कार्यक्रम रहेको कलेजले जनाएको छ  । विश्वविद्यालयले तोकेको सम्पूर्ण कोटा पुरा गरि कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख सि.एम.बस्नेतले बताए । यसै वर्षदेखि एम्स कलेज एभरेष्ट एजुकेसन फाउण्डेसनको व्यवस्थापनबाट सञ्चालनमा छ ।

भौतिक पूर्वधारले भरिपूर्ण पारी विद्याथीको शैक्षणीक विकासका लागी कुनै कसर बाकी नराख्ने र प्रभाबकारी सिकिाईका लागी सिप, सँस्कार र प्रविधिलाई आत्मसाथ गर्ने कलेजका प्रबन्ध निर्देशक टिकाराम पुरीले बताए । कलेज भित्रै यथेष्ठ प्रयोगात्मक ल्याब भएको कुरालाई बताउदै निर्देशक पुरीले कलेजको आफ्नै तीन तारे होटल र कलेज परिसर भित्रै १ करोड पचास लाखको लगानीमा बेकरी तथा कफि हाउसको निर्माण हुदै गरेको र उक्त बेकरी तथा कफि हाउस पूर्व मेचि देखि प्रदेश २ सम्म विस्तार गर्ने  र यसबाट विद्यार्थी लाभान्वित हुर्ने कलेजका अध्यक्ष्य तुलसी प्रसाद पोखरेलले बताए । एम्स कलेजमा त्रि.वि.वि बाट सम्बन्धन प्राप्त बि.बि.एस, बि.एच.एम र बि.एस.सि.सि.एस.आइटी कार्यक्रम सञ्चालनमा छन् । नव आगन्तुक विद्यार्थी तेस्रो ब्याच हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.