Websoft University

लक्ष्मी सामुदायिक बनमा गौतम


लक्ष्मीमार्ग  मोरङ फागुन  २५ गते । रातो तारा डट कम,  लामो सयम सम्म बिबादित बनेको मोरङको एक सामुदायिक बन उपभोक्ता समुहले निर्वाचन बाट नयाँकार्य समिति पाएको छ । बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले मगलवार बाट नयाँ नेतृत्व पाएको हो । मगलवार भएको मतदानमा नेकपा एमाले र नकेपा माओवादि केन्द्र निकटका उपभोक्ताहरु बिजयी भएका छन । अध्यक्ष, उपाध्यक्ष सचिव कोषाध्यक्ष र सभामुख पदका लागि निर्बाचन भएको थियो । निर्वाचनमा सुजय गौतमले ३१ मत ल्याएर बिजयी भएका थिए भने उनका प्रतिद्धवन्द्धिनिन्दा बहादुर थेबेले १९ मत मात्रै ल्याएका थिए । उपाध्यक्ष भने गोला प्रथाबाट छानिएको छ ।  उपाध्यक्षका लागि भएको मतदानमाबराबरी मत आएकोथियो । उपाध्यक्षका लागि सतरी चौधरी र जितेन्द्र न्यौपाने चुनावि मैदानमा होमिएका थिए । दुवै जानले बराबरी मत प्राप्त गरेपछि गोला प्रथाबाट न्यौपाने बिजयी बनेका हुन । सचिवमा चन्द्रकला राई गुरुङले ३३ मत ल्याउदै बिजयी यात्रा तय गर्दा चुणादेवि ढकालले भने १७ मत मात्रै ल्याएकी थिईन । कोषाध्यक्षमा तेज बहादुर दाहालले २९ मत ल्यादा उनका निकटतम प्रतिषप्रर्धि टिका कुमारी गौतमले २० मत मात्रै प्राप्त गरेकि थिईन । अन्य सदस्यहरु भने सर्व सम्मति बाट निर्बाचित गरीएको थियो । निर्वाचित भएका मध्ये उपाध्यक्ष न्यौपाने काग्रेशका हुन भने अरु सवै नेकपा एमाले माओवादिका हुन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.