Websoft University

नेपालमा पहिलो पटक ५ जातका अलैंची दर्ता हुने भए पछि किसाहरु खूसी


काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम,नेपालमा पहिलो पटक अलैंचीको ५ वटा जात दर्ता हुने भएपछि किसानहरू खुसी भएका छन् । कृषि विभागका महानिर्देशक संयोजकत्वको जात दर्ता तथा अनुमोदन उपसमितिले रामसाई, गोलसाई, डम्बरसाई, भार्लाङ र जिर्मले जातको अलैंची दर्ताका लागि कृषि मन्त्रालयसमक्ष सिफारिस गरेको हो । 

अलैँचीको दर्तापछि अन्तर्राष्ट्रिय मान्यतासमेत पाउने यी जातका अलैँचीको खेती गर्ने किसानले मल, बीउ, बिरुवा तथा सिंचाईमा सरकारको सहयोग पाउनेछन् । नेपालमा खेती भैरहेको १४ वटा अलैंचीका जातमध्ये पहिलो चरणमा ५ वटा जात दर्ताका लागि सिफारिस गरिएको समितिका सदस्य तथा अलैंची विकास केन्द्र इलामका निमित्त प्रमुख देवेन्द्र साहूले सीआइएनसँग बताउनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको जात दर्ता तथा अनुमोदन समितिले स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरेपछि यी जातहरुले मान्यता पाउनेछन् । धेरै खेती हुने अन्य जातहरु क्रमशः प्राथमिकतामा पर्ने सिफारिस उपसमितिले जनाएको छ । नेपालको ५२ जिल्लाका १८ हजार २ सय ७३ हेक्टरमा अलैंची खेती भैरहेको छ भने वार्षिक ७ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.