Websoft University

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ

 


उदयपुर, चैत्र १० गते । रातो ताराडट कम,उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री रहेका छन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह साढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ३ ग्राम ३८ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर,७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसै गरी उनिहरुको साथमा रहेको ६ थान मोबाईल नगद ३ हजार ५ सय २५ रुपैया समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.