Websoft University

मोविल तथा ईनामेल कालोबजारी गर्ने १ जना पक्राउ


बिराटनगर फागुन २७ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं.११ जनपथ टोलमा ऐऐ बस्ने बर्ष ७८ को शंकरलाल खेम्काले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७७।११।२७ गते अन्दाजी १२.४५ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निम्न परिमाणमा मोविल, ईनामेल तथा उक्त कार्यमा प्रयोग हुने विभिन्न सामाग्रीहरू सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेकोछ ।

बरामद सामाग्रीहरू

 २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा,२०० लिटरको खाली ड्रम २४ वटा , सर्वोको स्टीकर १०० पिस 

 सर्वोको स्टीकर छाप्ने फर्मा  २१ वटा , लिटर मापन गर्ने सामाग्री ५ लिटर नाप्ने १ थान, १ लिटर नाप्ने १ थान , खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान ,स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान  

एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा, १ लिटरवाला २ थान , सिल्भरको खाली बाल्टिन २ थान प्लाष्टिकको बाल्टिन ३३ थान 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.