Websoft University

योग सहित स्थानीय जडिवुटीको परिचय

 


मोहन कुमार राई- फाल्गुण २७ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका पोखरी स्थित आयुवेद औषधालयले योग सहितको स्थानीय जडीबुटीको परिचयत्मक कार्यक्रम सम्पन्न  गरेको छ । 

चैनपुर नगपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि भरतकुमार खत्रीले स्थानीय तहमा पाइने जडिबुटिको प्रशोधन र सदुपयोग गर्न सके विना साइटइफेकट उपचार हुनका साथै मानव शरीरमा प्रतिरोधात्क शक्तिको विकास गर्नुका साथै आर्थिक समृद्धिलाई समेत सहयोग पुग्ने वताउनुभयो । 

कार्यक्रममा आयुर्वेद औषधालयका प्रमुख कविराज दिनेश प्रसाद रायले हिमाल, पहाड, तराइर्, समुन्द, वनस्पती, जनावर, खनिज पदार्थबाट प्राप्त हुने औषधीहरुको वारेमा चिनारी एवं औषधी, उपचार पद्धतीका वारेमा जानकारी दिनुभयो ।  यसैगरी पहाडी क्षेत्रमा पाइने अडिर, टिमुर,बोझो, कुरिलो हिङ आदिको वारेमा प्रायोग र फाइदाकोवारेमाजानकार गराउनुभएको थियोे । गत आषाढ महिनादेखि नियमित रुपमा योग अभ्यास समेत सञ्चालन गर्दै आएको आयुवेद औषधालयले जेष्ठ नागरिक तथा स्तनपान आमाहरुलाई निःशुल्क  आयुर्वेद औषधी उपलब्ध गराउदै आएको छ । यसैगरी प्रत्येक महिना गाउँघर क्लिनिक तथा नागरिक आरोग्य क्लिनिक सञ्चालन, प्रत्येक मंगलबार र शुक्रबार पञ्चकर्म सेवा सञ्चालन गरिरहेको औषधालयका कविराज दिनेश प्रसाद रायले वताउनुभयो । 

कार्यक्रममा शिव ताण्डव नृत्य,  सामुहिक नृत्य, योग अभ्यासह, फलफुल वितरण समेत गरिएको थियो ।

आयुर्वेद व्यवस्थापन समितिका सदस्य खड्ग बहादुर मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चैनपुर नगर योग समितिका सदस्य चन्द्र प्रसाद तामाङले स्वागत मन्तव्य दिनुभएको थियो । यसै गरी चैनपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल, स्थानीय वुद्धिजिवीको तर्फबाट ज्ञान बहादुर कार्की, नगर प्रमुख भरतकुमार खत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको कविराज रायले वताउनुभयो ।  





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.