लागू औषध सेवन तथा अवैध कारोवार निरुत्साहित गर्न प्रहरीले झण्डै एक वर्षदेखि संचालन गर्दै आएको अवैध लागू औषध नियन्त्रण अभियानले लागू औषधको कारोवार घटनुको साटो झनै कारोवार मौलाउदै गएको छ । अहिले दैनिक जसो लागू औषध र त्यसको कारोवारी पक्राऊ पर्दै जानुले पनि त्यसको पुष्टी भएको छ ।
पछिल्लो केही दिनदेखि गाईघाट बजारमा ब्राउन सुगरको कारोवारमा समेत बृद्धि हुदै गएको छ । प्रहरीले विहीबार गाईघाट बजारबाट एक युवकलाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राऊ गरेको छ । त्रियुगा नगरपालिका–११ का ३२ वर्षिय प्रशान्त कार्कीलाई ब्राउन सुगर, ब्राउन सुगर प्रयोगमा चाहिने सिक्का, डढेको नोट र १५ हजार नगद सहित पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी भिम वहादुरदाहाललेबताए ।
पक्राऊ परेका काकी लागू औषध सेवनकर्ता भएको प्रहरीले जनाएको छ । लागू औषधको कुलतमा फसेका कार्कीले भर्खरै ब्राउन सुगर सेवन गर्न थालेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
प्रहरीले एस अघि पनि ब्राउन सुगर सहित केही व्यक्तिहरुलाई पनि पक्राऊ गरेको एस.पी. दाहालले बताए ।
‘‘ अब बजार क्षेत्रमा ब्राउन सुगर भित्रन थालेको छ । हामीले ब्राउन सुगरको तिन वटा केस दर्ता गरिसकेको छौ ।’ उनले भने । यसबाट अब विस्तारे ब्राउन सुगरको कारोवार बढ्न थालेको पुष्टी हुन्छ ।’ उनले भने । तर प्रहरी सक्रियताले गर्दा सेवनकर्ता र कारोबारीलाई पक्राऊ गर्न सफल भएको उनले बताए ।
Post a Comment