Websoft University

भरुवा बन्दुक सहित २ जनालाई पक्राउ


श्याम राई-उदयपुर गाईघाट २८ फागुन । रातो तारा डट कम, उदयपुरको बेलका नगरपालिका–८ सिसौली टोलबाट प्रहरीले विहीबार दुई थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ  गरेको छ ।

सिसौली सानो खैरेनी टोलका ६५ वर्षिय कटारी साईला भन्ने लक्ष्मण विक र ३७ वर्षिय सनविर राईलाई दुई थान भरुवा बन्दुक सहित पक्राउ  गरिएको प्रहरीले जनाएको छ ।

घरमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको एस.पी. भिम वहादुर दाहालले बताए । आवश्यक कानूनी कार्यवाहीको लागि बन्दुक सहित उनीहरुलाई हिरासतमा राखिएको उनले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.