Websoft University

मरिच, केराउ, छोकडा र सुपारी आयात गर्न पाइने


काठमाण्डौ चैत ५ गते । रातो तारा डट कम,मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देज हटाईएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो । मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाएको मन्त्रालयका उपसचिव एवं सह प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो । परिमाणात्मक बन्देज बारेको सूचना राजपत्रमा निकाल्ने तयारी भइरहेको उहाँको भनाई छ । कोरोना महामारीका कारण देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.