Websoft University

झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ को भोलि फाइनलका खेल हुँदै

 

झापा, फागुन २४ । रातो तारा डट कम, झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा नवीन सिलवाल, चााणक्य पाठक बिर्तामोड र प्रनिशसिंह ठकुरी, दिपक घिमिरे काँकरभिट्टा बीच हुने भएको छ । 


नवीन र चाणक्यको जोडीले २१–८ र २१–१२ को सोजो सेटमा विशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउदै फाईनलमा प्रवेश गरेको हो ।

यसै गरी प्रनिश र दिपकको जोडीले सुदेन राई, प्रकाश राई दमकको जोडीलाई २१–८ र २१–१७ को सोजो सेटमा हराउदै फाईनलको यात्रा तय गरेको हो ।

यसतै ४५ प्लस डवलमा सञ्जय भक्तारज, गणेश कार्की विर्तामोड विरुद्ध श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काकरभिट्टा बीच फाईनल खेल हुने भएको छ । आज भएको सेमीफाईनलमा सञ्जय भक्तराज, गणेश कार्कीको जोडीले सूर्य अधिकारी, कुलदिप चौधरी चन्द्रगढीको जोडीलाई २१–७, १४–२१ र २१–१२ को सेटमा हराउदै फाईनल प्रवेश गरेको हो ।

यसै गरी श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काकरभिट्टाले नगेन्द्र गहतराज र गंगा फेदापे विर्तामोडलाई २१–१६ र २२–२० को सोजो सेटमा हराउदै फाईनल यात्रा तय गरेको हो ।

लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हिजोबाट शुरु भएको हो ।

बिर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भईरहेको सो प्रतियोगिताको फाईनल खेल भोली हुनेछ । प्रतियोगितामा यस वर्ष खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी रहेकाछन् ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.